दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट, कम्तीमा ८ जनाको मृत्यु



काठमाडौँ, कार्तिक २५ । भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै विस्फोट हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

सोमबार (हिजो) बेलुकी भएको घटनामा अन्य सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा पु¥याउँदा आठ जनाको ज्यान गइसकेको र अरू सात जनाको उपचार भइरहेको जनाएको छ ।

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्