एनआईसी एशिया बैंकका ग्राहकहरुलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट हुने भएको छ ।
द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पश्चात एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यस बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।’–विज्ञप्तिमा भनिएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्ध्दन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार
















