कस्तो रहला आजको मौसम ?



काठमाडौं, कार्तिक २६ । आज (बुधवार) देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, रातिको समयमा देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैबीच, कार्तिक २५ गते मंगलवारदेखि काठमाडौं उपत्यकाको तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो ।

आज भने न्यूनतम तापक्रम देखि १२ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्