सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते



चितवन, कार्तिक २६ । इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार मङ्गलबार साँझ फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ ।

जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्