कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं, कार्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको महाधिवेशनलगायत विषयमा धारणा राख्दै आएका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने वा पछि भन्ने विषयमा विवाद छ ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार












