दक्षिण कोरियामा सडक दुर्घटनामा नेपाली छात्रा दाहालको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा सडक दुर्घटनामा परि एक नेपाली छात्राको मृत्यु भएको छ ।
सोलस्थित नेपाली दूतावासका अनुसार, झापाकी २२ वर्षीया मनीषा दाहाललाई ओन्जु सहरमा सडक पार गर्ने क्रममा शनिबार ट्रकले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी दाहाललाई तुरुन्तै वनजु सेब्रान्स क्रिस्चियन अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा आइतबार उनको निधन भएको दूतावासले पुष्टि गरेको छ ।
मनीषा एक वर्षअघि फार इस्ट युनिभर्सिटीमा अध्ययनका लागि दक्षिण कोरिया पुगेकी थिइन् ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार
















