भोलिदेखि सुरु हुँदै कोरियन भाषा परीक्षा, एक लाख बढीको आवेदन
काठमाडौं । कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै छ। भोलिदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुन लागेको हो। उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिनेछन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ।
शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ।
एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार
















