आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो



काठमाडौँ, मंसिर ३ । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।

यससँगै ठूलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने छ ।

त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य पर्ने छ । यसअघि ठूलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य थियो ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्