सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४३ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले घटेर प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा तीन हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्