सामसङको ‘वार्म विन्टर अफर’ सार्वजनिक, वासिङ मेसिन र रेफ्रिजेरेटरमा क्यासब्याक
काठमाडाैं । सामसङ नेपालले जाडो मौसमलाई ध्यानमा राख्दै ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ। अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक क्यासब्याक, छुट तथा सहज फाइनान्स सुविधाहरू उपलब्ध गराइएका छन्।
अफर अनुसार ७ किलोदेखि १२ किलो क्षमतासम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ। त्यसैगरी Single-door, Double-door र Side-by-Side रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक प्रदान गरिनेछ।
सामसङका वासिङ मेसिन तथा रेफ्रिजेरेटरमा प्रयोग भएको DIT मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ। साथै सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।
फाइनान्स र एक्सचेन्ज सुविधा
ग्राहकहरूले Samsung Insta Finance सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो EMI को विकल्पमार्फत होम अप्लायन्स खरिद गर्न सक्नेछन्। EMI प्रक्रिया सरल रहेको र ग्राहकले केवल नागरिकता प्रस्तुत गरे पुग्ने बताइएको छ।
त्यस्तै, नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्को स्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू सहजै एक्सचेन्ज गर्न सक्नेछन्।
अफरअन्तर्गत समावेश विभिन्न वासिङ मेसिन तथा रेफ्रिजेरेटर मोडेलहरूको विस्तृत सूची तथा क्यासब्याक विवरण सामसङ नेपालका अधिकृत स्टोरहरूमा उपलब्ध छ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार
















