सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
प्रतितोला १९०० रुपैयाँले घटेर आज २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार
















