सुन तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो, तोलाको कति ?



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी मंगलबार ८५ रुपैयाँले बढेर ३ हजार २०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्