आज ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।
राष्ट्र बैंककाअनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो ।
उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।
राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार
















