आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ, मंसिर ११ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)देखि १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ ।
बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । नोट साबिककै आकार तथा रङमा आउन लागेको छ ।
यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार
















