आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्