सुनको मूल्य घट्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

आज यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तीन हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य तीन हजार ५३५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्