एनपिएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न ४ बजे हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।

रोहितकुमार पौडेलले नेतृत्व गरेको लुम्बिनीले पाँच खेलमा दुईमात्र खेल जितेर अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्