यू–१९ नेपाली टोली स्वदेश फिर्ता



काठमाडौं, मंसिर १७ । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको हो। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वागत गरेको थियो ।

एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । नेपाल फाइनलमा आयोजक युएईसँग २७ रनले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना हुँदैछ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्