सुदूरपश्चिमलाई हराउँदै विराटनगरको सानदार जीत



काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्स ६ विकेटले विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन पुरा गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्