एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिँड्दै



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) लिग चरणको अन्तिम खेल हुँदैछ ।

अन्तिम खेलमा आज अपराह्न ३ः३० बजे कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् । जसमध्ये सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायर क्वालिफायरका लागि छनोट भएका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्