सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा सात सय रुपैयाँले बढेर आज २ लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार
















