एनपिएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिँड्दै
काठमाडौं, मंसिर २३ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ ।
अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ खेल र विराटनगरले सातमध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै पराजय भोगेका थियो भने बिराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो ।
आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ भने पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार
















