सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यसका साथै सिद्धार्थ बैंक एनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्य अन्तर्गत एनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार
















