एनपीएलमा आज काठमाडौं र लुम्बिनी इलिमिनेटरमा खेल्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत प्लेअफमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स ‘इलिमिनेटर’ मा खेल्दै छन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ । यस इलिमिनेटर खेलबाट विजयी टोलीले फाइनल पुग्नका दोस्रो क्वालिफायरमा बिराटनगरसँग खेल्नुपर्ने हुन्छ ।
पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । काठमाडौंले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार
















