सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार ३ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्