एमालेको महाधिवेशनका लागि नागढुंगा-मलेखु सडकखण्ड आज र भोलि खुला
धादिङ । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि खुला गरिएको छ ।
नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई मध्येनजर गर्दै सो सडकमा आवतजावत खुला गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ ।
दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए।
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार
















