तोलामै २२ सय रुपैयाँ बढ्यो सुन, आज कति पुग्यो ?
तोलामै २२ सय रुपैयाँ बढ्यो सुन, आज कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले घटेर ३८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार
















