सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?



काठमाडौं । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने ३ हजार ८ सय २५ रुपैयाँमा कायम भएको थियो ।

चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्