राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) को लेभल-बी प्रशिक्षक रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्