भक्तपुरबाट १२ जना जुवाडे पक्राउ



काठमाडौँ । प्रहरीले भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित गोलमडीबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले बताए ।

बिहीबार साँझ उनीहरू पक्राउ परेका हुन् । जुवा खालबाट १ लाख ७६ हजार नगद र ३ बुक तास बरामद गरिएको डीएसपी जबेगुले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्