सिरियामाथिको हमला जायज हो–ट्रम्प


 


काठमाडौं, चैत ३१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्धको कारबाहीमा रुसले दिएको प्रतिक्रिया निकै निराशाजनक भएको बताएका छन । ट्रम्पले सिरियाको सैन्य हवाई अड्डामा अमेरिकाले गरेको मिसाइल आक्रमण जायज भएकोसमेत बताए ।  सिरियामा भइरहेको गृह युद्ध तत्काल रोक्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

नेटोको महासचिव जेन्स स्टाल्टेनवर्गसँग संयुक्त प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गरिनुपर्ने बताए। यस्तै ट्रम्पले आफू नेटो सेनाको पक्षमा रहेको भन्दै अफगान र इराकी सहयोगिको मद्धतमा नेटोले अझै धेरै काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्