जनकपुरधाममा भोलिदेखि विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु हुने



जनकपुरधाम । जनकपुरधाममा पाँचौँ विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता भोलीदेखि शुरु हुन लागेको छ ।

जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदान शुरु हुन लागेको प्रतियोगिताका लागि तयार पारेको ट्रफिको आज जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अनावरण गर्नुभयो ।

कूल २४ वटा विद्यालयका टिमको सहभागिता रहेको विद्यालय स्तरीय टि–२० प्रतियोगिताबाट नयाँ खेलाडीको छनौट हुने विश्वास जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेको रहेको छ ।  

४ वटा समूहमा विभाजन गरिएको प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिताको ट्रफि अनावरण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले यस्ता प्रकारका विद्यालय स्तरीय खेलले विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासका साथै क्रिकेटका लागि नयाँ प्रतिभाको पहिचान हुने बताउनुभयो ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्