झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड र नेपाल



काठमाडौं।। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुगेका हुन्। सो क्रममा उनीहरूले चित्रकारको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

चित्रकार भारतमा उपचार सकेर दुई दिनअघि मात्रै नेपाल फर्किएकी थिइन् ।

उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रधानमन्त्री खनालले दिएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्