जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार दुई कैदी पक्राउ



पर्सा । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार दुई जना कैदीबन्दी पक्राउ परेका छन् ।

भदौ २३ गते आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भई लुकीछिपी बस्दै आएका बारा विश्रामपुर गाउँपालिका-५ बस्ने २५ वर्षका परदेशी भन्ने सुदामा पासवान पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेका पासवानलाई विशेष सूचनाको आधारमा सोमबार वीरगञ्ज महानगरपालिका १५ भिष्वाबाट पर्सा प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै बाराको परवानीपुर गाउँपालिका-२ बस्ने ३२ वर्षीय विवेकलाल शाह कानु पनि पक्राउ परेका छन् ।

भदौ २४ गते आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भई लुकिछिपी बसेका विवेकलाल वीरगञ्ज महानगरपालिका- ४ बिर्ता टोलबाट सोमबार पक्राउ परेका हुन् ।

विवेकलाल बैंकिङ कसुर मुद्दामा ५० हजार धरौटी तिर्न नसकी उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कार्यालय कारागार कार्यालय सुन्धारा चलान भएका थिए ।

हाल दुवै जनालाई वीरगन्ज कारागारमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्