रवि लामिछाने र बालेन शाहबीच कुपन्डोलमा निर्णायक वार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि छलफलमा छुटेका छन् ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही बेरदेखि दुई नेताबीच भेटवार्ता भइरहेको हो ।

केही दिनअघि रवि र बालेनबीच करिब ६ घन्टा लामो छलफल भएको थियो। त्यसयता दुवै पक्षबीच निरन्तर संवाद भइरहेका बेला आजको भेटलाई निर्णायक रूपमा हेरिएको छ ।

आज बिहान मात्र बालेनले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले रवि लामिछानेसँग छलफल थालेका हुन्, जसले वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ समीकरण बन्ने संकेत गरेको छ।

स्रोतका अनुसार आजको भेटबाट दुई नेताबीच आगामी निर्वाचनमा सहकार्य गरेर जाने कि आ–आफ्नै बाटो अघि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने सम्भावना छ ।

पछिल्लो समय बालेनले निर्वाचन आयोगमा अद्यावधिक भइसकेको देश विकास पार्टीमार्फत नै राजनीति अघि बढाउने संकेत दिएका छन् ।

फागुन २१ का लागि तोकिएको निर्वाचन नजिकिँदै जाँदा र समानुपातिक सूची बुझाउने म्याद सकिनै लागेका बेला रवि–बालेन संवादलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्