रास्वपाले भन्यो- मतदान सुरु हुन अझै दुई घण्टा लाग्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई घण्टा लाग्नसक्ने बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको जानकारी दिँदै मतदान प्रक्रिया सुरु हुन केही घण्टा लाग्ने बताएका हुन् ।

उनले भने- ‘प्राविधिकहरूले मतदान छिटोभन्दा छिटो सुरु गर्नको लागि काम गरिराख्नुभएको छ । निर्वाचन आयोगले पनि आफ्नो काम गरिराखेको छ। २–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ।’

पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको उनको भनाई छ ।

मतदान गर्न एक जनालाई करिब ७ देखि १० मिनेटसम्म लाग्ने अनुमान गरिएको पनि उनले बताए।

उनका अनुसार मतदान सकिएको दुई घण्टाभित्र परिणाम आउने छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।

आइतबारदेखि सुरू भएको महाधिवेशन एक दिन लम्बिँदा बुधबार मात्रै मतदान हुने भएको हो। पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।

सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ।

महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्