सिन्धुलीमा कर्फ्यु
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार कर्फ्यु आदेश जारी गरेको छ।
बेलुका ८ बजेबाट शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय पाँच दिनदेखि आक्रोशित बनेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
कमलामाई नगरपालिका ४ धुराफाँटमा गत आइबार दिउँसो ३२ वर्षिया सुशीला घिसिङ बम्जनको हत्या भएको थियो।
आइतबार दिउँसो करिब साढे ४ बजे साढे दुई तला घरको विचको तलाको भान्सा कोठामा बम्जनालाई उनकै सासु वर्ष ५९ की मायारानी बम्जन र नन्द वर्ष ३५ की मीना लामा (बम्जन)ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












