काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै



काठमाडौँ, पुस ११। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।

आज बैठक दिउसो १ बजेदेखि बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बिहीबारको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्