कलाकार टोली बन्याे सत्यनारायण बहादुर स्मृति फुटसल च्याम्पियन
काठमाडौँ,। ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल अवलोकन गर्नुभएको थियो । फाइनलको निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारित समयमा कलाकार टिमका युजेश श्रेष्ठ र लोकेश लिम्बुले गोल गर्नुभयो ।
सो प्रतियोगितामा विजेता टिमका युजेश नौ गोलसहित सर्वाधिक गोकलर्ता बन्नुभयो । यसैगरी एभिएमका नवीन महर्जन उत्कृष्ट गोलरक्षक र फोटो पत्रकार टिमका लोकेश सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो ।
प्रतियोगिताअन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिलामैत्री फुटसल खेल पनि खेलिएको थियो । जसमा ललितपुरको महिला पत्रकार टिम टाइब्रेकरमा २–१ ले विजयी भएको थियो ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार
















