नेकपा एमालेको सचिवालय बैठक च्यासलमा



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो बैठक सुरु भएको हो ।

यसअघि बिहान ११ बजे बोलाएको बैठक दिउँसो २ बजेको लागि सरेको थियो ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ ।

यस्तै वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्