सशस्त्रका ११ डीएसपीको सरुवा, को कहाँ ?



काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

आइतबार बसेको सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) स्तरीय निर्णय अनुसार ११ जना सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको हो ।

जसअनुसार हाल सशस्त्रको मुख्यालय हलचोकको मानस्रोत विभागमा कार्यरत नन्दबहादुर साउदको हुम्ला सरुवा भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गुल्म हे. क्वा. हुम्लाको गुल्मपतिको जिम्मेवारीसहित साउदको सरुवा भएको हो । यसअघिका कविन्द्र महर्जनको सरुवापछि साउदलाई सो जिम्मेवारी दिएको हो ।

सूची हेर्नुहोस्

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्