महामन्त्री थापाको दाबी- पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पौष मसान्तभित्र विशेष महाधिवेशन हुने भन्दै एकतावद्ध हुन आग्रह गरेका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री थापाले विशेष महाधिवेशनका लागि एकताबद्ध हुन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाले लेखेका छन्- ‘राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु नै आजको लागि प्रत्येक काँग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’
राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताए ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार
















