सिकार खेल्न गएका एक जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ



जाजरकोट । जाजरकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस १३ गते बिहान प्रचण्डदेव सिंहसहित ६ जना सिकार खेल्न गएका थिए । त्यसक्रममा प्रचण्डदेवको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह रहेका छन् ।

पक्राउ परेका हरुको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा समेत बरामद भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्