एमालेले गर्‍यो मिलन चक्रेलाई गोरखा-२ बाट उम्मेदवार सिफारिस



काठमाडौं । गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।

उम्मेदवार सिफारिस भएपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरे ।

उनले भने- ‘पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छु । समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क छु ।’

विगतमा गुण्डानायिकेको ट्याग पाएका उनलाई एमालेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको थियो ।

त्यो बेला निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

गुरुङ नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय छन्।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्