त्रिशूलीमा नुहाउन गएका दुई जना बेपत्ता
चितवन । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्।
शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ।
उनिहरु त्रिशूली हाइड्रो पावरमा काम गर्न आएका सिइ कन्ट्रक्सन प्रालिका कामदार रहेको खुलेको छ।
शनिबार बेपत्ता बनेकाहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको थियो।
शनिबार साँझसम्म खोजी गर्दा बेपत्ता भएकाहरु नभेटिएको र आइतबार पनि खोजी कार्य जारी रहने शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटले जनाएको छ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार
















