ओली–प्रचण्ड भेटवार्ताको तयारी, चुनावी तालमेलबारे छलफल हुने



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ताको तयारी भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार दुई नेताबिच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौँ फर्कन ढिला भएपछि रोकिएको थियो ।

एमाले सचिव महेश बस्नेतले दुई नेताबिच हिजै तय भएको भेट आज आइतबार दिउँसो हुने बताए । ‘हिजो नै भेटवार्ता हुने कुरा थियो । प्रचण्डको प्लेन आउन ढिला भएकाले रोकिन पुग्यो । अब आज दिउँसो भेटवार्ता हुने कुरा भएको छ ।’

दुई नेताबिचको भेटमा समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा चुनावी तालमेलबारे कुराकानी हुने बुझिएको छ । जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्