एकैदिन ४ हजार ६ सयले बढ्यो सुन, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार
















