एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्