राष्ट्रिय सभाका लागि एमालेले लगायो ८ उम्मेदवारको टुंगो



काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ ।

१८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।

आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्