सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन चार हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

सुनको मूल्य एकैदिन चार हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार १९५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्